You are viewing the translated version of पदीय हैसियतको दुरुपयोग गर्नेलाई सजाय.

Section 15A
पदीय हैसियतको दुरुपयोग गर्नेलाई सजाय
(१) कुनै राष्ट्रसेवकले निज बहाल रहेको पदको पदीय हैसियत वा निजले सम्पादन गर्नु पर्ने कामको दुरुपयोग गरेमा कसूरको मात्रा अनुसार एक वर्षसम्म; केद वा पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(२) उपदफा (१) को प्रंयोजनको लागि कुनै राष्ट्रसेवकले आफू वा अरु कसैलाई गैरकानूनी लाभ वा सार्वजनिक संस्थालाई हानि, नोक्सानी पुच्याउने उद्देश्यले जानी जानी देहायको कुनै काम गरेमा निजले पदीय हैसियतको दुरुपयोग गरेको मानिनेछ:-

(क) आफ्नो अधिकारक्षेत्र नभएको विषयमा प्रवेश गरी वा अर्को अधिकारीको अधिकारक्षेत्रमा हस्तक्षेप गरी निर्णय गरेमा,

(ख)- स्पष्टरूपमा स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) विषयमा कुनै निर्णय गरेमा वा आदेश दिएमा,

(ग) आफ्नो पदीय हैसियतले प्राप्त हुने उन्मुक्ति, सुविधा वा छुटको दुरुपयोग गरेमा,

(घ) आफ्नो मातहतमा रहेको कर्मचारी वा आफ्नो प्रभावमा रहेको व्यक्तिलाई अनुचित दबाब दिई वा प्रलोभनमा पारी कुनै काम गराएमा ।